बेलझुण्डी रङ्गशालामा ‘सिन्थेटिक ट्र्याक’ निर्माण शुरु
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १५:५५:११
लमही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने दाङ बेलझुण्डीमा निर्माण भइरहेको एथलेटिक्स खेलमैदानमा मङ्गलबारदेखि सिन्थेटिक ट्र्याक निर्माण थालिएको छ ।
चीनबाट आवश्यक सामग्री ल्याएर सिन्थेटिक ट्र्याक बनाउने काम शुरु गरिएको दाङ जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । उनका अनुसार १८० मिटर लम्बाइ र १२० मिटर चौडाइमा सिन्थेटिक ट्र्याक निर्माण गरिने भएको हो ।
आठाँै राष्ट्रिय खेलकूदको समय नजिकिँदै गर्दा उक्त खेलकूद मैदान निर्माणको कामलाई तीव्रता दिइएको छ । महिला फुटबल र एथलेटिक्स खेल हुने उक्त रङ्गशालामा अब एथलेटिक्सको खेल मैदान निर्माणको काम बाँकी रहेको अध्यक्ष डाँगीले बताए ।
“बेलझुण्डी रङ्गशालामा एथलेटिक्स र फुटबल खेल हुनेछन्”, उनले भने, “फुटबल खेल मैदानको काम पूरा भइसकेको छ, अब एथलेटिक्स खेल मैदानमा सिन्थेटिक ट्र्याक निर्माण शुरु भएको छ ।” रु २४ करोड २५ लाखमा छ बिघा क्षेत्रफलमा रङ्गशाला निर्माण भइरहेको छ । अहिले फुटबल र एथलेटिक्स खेल्न मिल्ने गरी मात्रै काम पूरा हुने र राष्ट्रिय खेल सकिएपछि बाँकी काम पूरा गरिने उनको भनाइ छ ।
अध्यक्ष डाँगीका अनुसार दाङको लमही क्रिकेट मैदान र तुलसीपुरको कराँते खेल स्थलसहित बेलझुण्डी रङ्गशालाको सबै काम यही चैत ३० गतेभित्रै सक्ने गरी तयारी थालिएको छ । प्रदेश नं ५ मा हुने राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा विभिन्न सात खेल हुँदैछन् । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वाधार अभावमा पनि खेलकुदमा सुदूरपश्चिम अब्बल
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार