२२ मंसिर २०७८, बुधबार
समाज

देशभरको मौसम बदली : मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना !

प्रकाशित मिति :  २१ चैत्र २०७५, बिहीबार ११:२३


काठमाडौं । अबको दुईतीन दिन देशभरी नै बदली रहने भएको छ । बिहीबार बिहानैबाट देशभरको मौसममा बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ भने राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।

त्यस्तै पूर्वमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरको मौसम दुई तीन दिन बदली रहने र केही ठाँउमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

बिहीबार राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा