२२ मंसिर २०७८, बुधबार

टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार

प्रकाशित मिति :  २१ चैत्र २०७५, बिहीबार १४:२४


एजेन्सी । अमेरिकाकाे टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् ।

एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यति ठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो ।

अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका हुन् । यो कम्पनी डल्लासबाट करिब २४ किलोमिटर उत्तरपूर्वको अलेनमा रहेको छ ।

सङ्घीय जाँच एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिहरु उक्त कम्पनीमा कार्यरत रहेको दाबी गरेको छ, तर पक्राउ परेका व्यक्तिहरुका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

एजेन्सीले गैरकानुनी रुपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्तिलाई काममा लगाएको सूचनाका आधारमा छापा मारेको जनाएको छ ।

सीभीईमा कार्यरत येसेनिया पोन्सले सङ्घीय जाँच निकायले गरेको धरपकड निकै कहालीलाग्दो रहेको बताउँदै सहकर्मीहरुलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन समेत भएको जानकारी दिए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा