११ मंसिर २०७८, शनिबार

देउवाको प्रश्न, पार्टीका असन्तुष्टले विशेष महाधिवेशन बोलाएर हुन्छ ?

प्रकाशित मिति :  २१ चैत्र २०७५, बिहीबार १६:०५


मोरङ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् ।

नेपाल टेलिकम वर्कर्स यूनियनको १० औं महाधिवेशन उद्घाटनका लागि बिहीबार विराटनगर आएका सभापति देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताएका हुन् ।

‘पार्टीका असन्तुष्ट २० र २५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदी सक्छन् भने बोलाएर देखाउन्,’ उनले भने, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु ।’

सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध गरिरहेको उनले सुनाए ।

कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधिको प्रावधान हटाउने र आरक्षणको सुविधा दोहोर्‍याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर थाल्ने जनाएका छन् ।

पार्टी विधानअनुसार एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनुपर्छ । विशेष महाधिवेशन बारे छलफल गर्न जिल्ला सभापतिहरूले काठमाडौंको ठमेलमा बुधबारदेखि भेला बोलाएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा