१९ मंसिर २०७८, आईतवार

नेपाल बार मतगणनाको अपडेट : प्रगतिशिल प्यानलको अग्रता घट्यो

प्रकाशित मिति :  २१ चैत्र २०७५, बिहीबार १५:०९


काठमाडौं । नेपाल बार एशोसियसनको जारी मतगणनामा लोकतान्त्रिक प्यानलले अग्रता घटाएको छ । शनिबार भएको मतदानको सोमबारदेखि जारी मतगणनामा प्रगतिशिल प्यानलका चण्डेश्वर श्रेष्ठले २७५७ र लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले २७०५ मत ल्याएका छन् ।

हिजो बेलुकासम्म श्रेष्ठले ७० मतको अग्रता कायम गरेका थिए भर्खरै प्राप्त विवरणअुनसार उनी जम्मा ५२ मतले अघि छन् । महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेलले अग्रता कायमै गरेका छन् । उनले २८२७ मत पाएका छन् भने प्रगतिशिलका सुरेन्द्र थापाले २५९२ भोट ल्याएका छन् ।

अरु पदमा पनि दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । निर्वाचन समितिका एक सदस्यका अनुसार काठमाडौँ जिल्ला अदालत बार र पाटन उच्च अदालतको बारको मतगणना भइरहको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा