चितवन । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वबिद्यालयका प्राध्यापक बिष्णुराज ओझामाथि विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो दली जुताको माला लगाईदिएका छन् । उनी कृषि संकायका प्रशासनिक सहायक डीन पनि हुन् ।
३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिन त्यसमाथि २–२ घण्टाका दरले ८ लेक्चरमा सकाएको र छैटौं सेमेस्टरको कोर्ष तीन वटा सेक्सनका १६५ विद्यार्थीलाई एउटै सेक्सनमा राखेर झारा टार्दै कोर्ष सकाउने काम गरेको भन्दै बिद्यार्थीहरुले ओझामाथि कालोमोसो दल्नु परेको बताएका छन् ।