मन्त्रिपरिषद बैठक : अबदेखि अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने

इन्द्र रिजाल
चैत २१, २०७५ शुक्रबार ०:५९:७

काठमाडौं । सरकारले अबदेखि अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने व्यवस्था गरेको छ । गत चैत १४ गते बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने निर्णय गरेको हो ।
सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामन्त्री गोकुल बाँस्कोटाले टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग, सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्याँस, अस्पताल एम्बुलेन्स सेवामा हड्ताल गर्न नपाइने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै औषधी उत्पादन ,फोहोर मैला व्यवस्थापन, विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अबदेखि हड्ताल गर्न नपाइने गरी निर्णय गरेको भन्दै यसबारे छिट्टै राजपत्रमा सूचना प्रकाशित गरिने उनले जानकारी दिए ।
बैठकले सवारी साधनको सडक उपभोग दस्तुरमा वृद्धि गरी उपयुक्त बमोजिमको सडक उपभोग दस्तुरसम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।
यस्तै युनाइटेड सिमेन्टको नौविसेस्थित सिमेन्ट कारखानासम्म जानको लागि बाटो बनाउन धादिङको धुनेबेसीमा रहेको ० दशमलब १७ हेक्टर बन फडानी गर्ने निर्णय पनि गरेको मन्त्री बाँस्कोटाले बताए ।
पत्रकार स्म्मेलनमा मन्त्री बाँस्कोटाले बारा र पर्साका आँधीहुरी पीडितको राहत तथा उद्धारमा कुनै कमी नरहेको दावी गरे । मन्त्री बाँस्कोटाले पीडितका लागि आवश्यक अस्थायी प्रकृतिको खाने, बस्ने, औषधिउपचार गर्नेलगायतका व्यवस्था गरिएको पनि बताए ।
मन्त्री बाँस्कोटाले हुरी पीडितको धनमालको क्षतिको एकीन विवरण आएपछि पुनस्थापना र पुनर्वासका आवश्यक व्यवस्था सरकारले मिलाउने पनि स्पष्ट पारे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेशमा झण्डै ६ खर्ब पैसा छ, तर, लगानी हुँदैन
असोज ८, २०८० सोमबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
असोज ४, २०८० बिहिबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार
सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
असोज १७, २०८० बुधबार
एसियाली खेलकुद : नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश
असोज १७, २०८० बुधबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार