काठमाडौं । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षसहित अधिकांश पदमा बामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा बामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका हुन् । उनले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पछि पार्दै विजय प्राप्त गरेका छन् ।
महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले बामपन्थी समुहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।
यस्तै बारको केन्द्रिय उपाध्यक्षमा सुनिलकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने अधिवक्ता बद्री नगरकोटी सदस्यमा निर्वाचित भएका छन् । बारको नयाँ नेतृत्वमा अध्यक्ष र उपाध्यक्षसहित धेरै जसो पदहरुमा बामपन्थी उम्मेदवारहरु विजयी बनेका छन् ।
हेर्नुस कसको कति आयो मतपरिमाण :