कांग्रेस केन्द्रीय समितिको निर्णयमा पुनःविचारको माग
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १२:४५:७
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय महासमिति बैठकको भावनाविपरीत रहेको भन्दै त्यसमा पुनःविचार गर्न माग गरेका छन् ।
काठमाडौँमा बिहीबार सम्पन्न जिल्ला सभापतिहरुको दुई दिने अनौपचारिक भेलाले सबै पदाधिकारी र केन्द्रीय सदस्य पार्टीको वडा तहबाटै निर्वाचित हुनुपर्ने आग्रह गरेका छन् । साथै पार्टीको समानुपातिक आरक्षण सुविधा एक व्यक्तिका लागि एकपटक मात्र लागू हुनुपर्ने व्यवस्था गर्न भेलाले माग गरेको छ ।
कांग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा उक्त दुवै विषयबारेमा प्रमुखतका साथ कुरा उठे पनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी विधान पारित गरेको थियो ।
महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको जिल्ला सभापतिहरुको आरोप छ ।
उक्त विषयमा नेतृत्वलाई दबाब दिन महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन अभियान सञ्चालन गरी पुनःविचार गर्न आग्रह गर्ने निर्णय भएको काभ्रेपलाञ्चोकका जिल्ला सभापति मधु आचार्यले जानकारी दिए ।
बैठकका निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले अन्यथा विशेष महाविधेशनको मागसमेत गर्न बाध्य हुने चेतावनी दिए । बैठकले बारा पर्सामा हावाहुरीबाट भएको धनजनको क्षतिप्रति त्यहाँका जनताको पीडामा साथै रहेको उल्लेख गर्दै सबै जिल्लाको तर्फबाट यथाशीघ्र राहत लिइ प्रकोपस्थलमै उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै संविधानअनुसार बन्ने पार्टीका नयाँ संरचनामा यथाशीघ्र निर्वाचनमार्फत पार्टीका एकाइ गठन गर्ने व्यवस्था गरियोस् भनेर केन्द्रलाई आग्रह गर्ने निर्णयसमेत भएको सभापति आचार्यले बताए । त्यस्तै पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको अविलम्ब महाधिवेशन सम्पन्न गर्न केन्द्रलाई आग्रह गर्ने निर्णय गरिएको छ । बैठकले सरकारका गलत कार्यविरुद्ध र भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान अविलम्ब सञ्चालन गर्नका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।
जिल्ला सभापतिहरुले पार्टीको चौधाँै महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने कार्यतालिका अविलम्ब सार्वजनिक गर्न नेतृत्वसमक्ष आग्रह गरेका छन् । भेलामा ५४ सभापतिकोे उपस्थिति रहेको दाबी गरिए पनि संंस्थापन पक्षका सभापतिले भने आफूहरुको उपस्थिति नरहेको बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार