पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १३:५१:३७
प्रकाश मिश्र
घोडाघोडी । नेपालको पिछडिएको समुदाय हो वादी समुदाय । अल्पसङ्ख्यकरुपमा रहेको वादी समुदाय आर्थिक, सामाजिकरुपमा निकै उत्पीडनमा छ ।
यो समुदायका महिलाले लैङ्गिक उत्पीडन भोग्दै आएका छन् । वादी समुदायका महिला बाध्यतावश यौन व्यवसायमा लागेको पाइन्छ । पछिल्लो समय यौन व्यवसायमा लागेका कारण आफूजस्तै आफना बालबच्चाले यो व्यवसाय अँगाल्नु नपरोस् भन्दै पेशा परिवर्तन गर्न चाहेको वादी समुदायका महिलाले बताएका छन् ।
कैलाली जिल्लाका विभिन्न ठाउँमा यो समुदायको बसोबास रहेको छ । जिल्लाको बल्चौर, सत्ती, मुढालगायतका ठाउँमा बसोबास गरिरहेका उनीहरु अवसरको खोजीमा छन् । धेरै नपढेका तथा कैयाँै वर्षदेखि खुलेआम यौन व्यवसाय गर्दै आएका यो समुदायका महिला आजभोलि भने यौन व्यवसाय त्यागेर अरु नै व्यवसाय गर्न चाहेको बताउँछन् ।
कैलालीको मुढामा बसोबास गरिरहेकी ४२ वर्षीया सुमित्रा वादी राज्यले अवसर सिर्जना गरिदिनुपर्ने बताउछन् । “पहिलेदेखि नै हाम्रा पुर्खाले यौन व्यवसायलाई आयआर्जनको लागि मुख्य व्यवसाय बनाए र हामी पनि त्यसैमा लाग्याँै, तर अब हाम्रा सन्तान त्यस व्यवसायमा नलागुन् भन्नेमा हामी सचेत छाँै”, उनी भनछन्,, “समय परिवर्तन भइसक्यो, अब हाम्रो चेतनास्तर पहिलेका हाम्रा पुर्खाको जस्तो रहेन, त्यसैले यो देहव्यापारको काममा हाम्रा छोरीचेली नलागुन् भन्नेमा हामी लागिरहेका छौँ ।”
स्थानीयस्तरमा समेत सरकार आइसकेको स्थितिमा पनि आफूहरूका लागि कुनै उत्पादनमुखी कार्यक्रम राज्यले दिन नसकेको उनले गुनासो गरे । मुुढाको वादी बस्तीमै बसिरहेकी एक १५ वर्षीया वादी किशोरीले पढ्ने चाहना हँुदाहँुदै आफूले आर्थिक अवस्थाका कारण पढाइ छाड्नुपरेको बताइन् । पन्ध्र वर्षकै कलिलो उमेरमा घरको आर्थिक अवस्था राम्रो नभएका कारण देह व्यापारमा लाग्नुपरेको उनले बताइन् ।
“मेरा पनि सपना र चाहना थिए, अभिभावकले अँगालेको पेशा नभएर समुदायबाट शिक्षितको सूचीमा आउने मन थियो, तर सबै चकनाचुर भयो” उनले रुँदै भनिन्, “मेरा साथीभाइ अझै विद्यालय जान्छन्, तर म पाहुना कुर्नुपर्ने स्थितिमा छु, आफूलाई देखेर आफैँसँग लाज लाग्छ ।” अझै पनि केही अवसर पाए आफू दिनरात मेहनत गरेर बुबाआमाको र आफ्नो पेट पाल्न लागिपर्ने र देह व्यापारको काम छाड्ने उनले बताइन् ।
अहिले पनि धेरैले बाध्यकारी यौन पेसा अँगाल्दै आएका छन्
“छोराछोरी ठूला भए, अब त उनीहरुले पनि थाहा पाउँछन् । कहिलेकाहीँ घरमा आउनुभएको को हो हाम्रो रु भनेर समेत सोध्छन्, अनि निशब्द भइन्छ”, अर्की एक वादी महिलाले भनिन्, “श्रीमान् जँड्याहा छन्, पैसा जसरी पनि चाहियो, पैसा नदिए कुट्छन् मर्नेगरी, अनि छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा चाहियो, मनले मान्दैन तर नगरी हुँदैन । अवसरको खोजीमा छु, शौचालय सफा गर्ने काम भए पनि गर्ने थिएँ, तर के गर्नु हामीलाई काम पनि पाइँदैन ।”
सुदूरपश्चिम प्रदेशकी वादी समुदायकी एक्ली प्रदेशसभा सदस्य उमादेवी वादीले सरकारले पाँच वर्षअघि वादी समुदायका लागि ल्याएको जनता आवास कार्यक्रम हुनेखानेले धमाधम घर बनाउन थाले पनि हुँदा खानेहरूको पुरानै स्थिति रहेको बताए ।
सरकारले विभिन्न चरणमा ल्याएका विभिन्न सीपमूलक कार्यक्रमले पनि वादी महिलाले पुस्तौँदेखि अँगाल्दै आएको यौन पेशालाई प्रतिस्थापन गर्न नसकेको उनको भनाइ छ । “अहिले पनि धेरैले बाध्यकारी यौन पेसा अँगाल्दै आएका छन्, अन्य कुनै विकल्प छैन ।
राज्यले योजना बनाएर आयआर्जनको गतिलो व्यवस्था गरिदिए आफ्नो शरीर हाम्रा दिदीबहिनीले बेच्नुपर्ने थिएन”, उनले भने, मेरो एउटै धोको छ, यौन पेशामा लागेका वादी महिलालाई त्यो पेशाबाट अलग गरेर समाजमा आत्मसम्मानका साथ पुनःस्थापना गर्ने ।”
नेपाल सरकार मन्त्रिपरिषद्को २०६५ पुस २३ गतेको बैठकले यौन पेशामा लागेका वादी महिलालाई आत्मसम्मानका साथ पुनःस्थापना गर्ने निर्णय गरे पनि आयआर्जनको विकल्प नभएका कारण महिलाले यो पेशा छाड्न सकेका छैनन् ।
कानूनीरुपमा यहाँ यौन व्यवसाय गर्न समस्या भएपछि यस समुदायका किशोरी भारतका विभिन्न स्थानमा गएर देह व्यापार गर्न बाध्य छन् । आफूहरुले बारम्बार आयआर्जनको विकल्प दिन सरकारसँग माग गरेको भए पनि कसैले आफूहरुको कुरा नसुनेको वादी महिलाले दुखेसो पोखे ।
अहिले आर्थिकरूपमा आत्मनिर्भर बन्ने र पुरानो पेशालाई त्याग्ने सोचमा वादी समुदायका महिला रहेका भए पनि आयस्रोतको गतिलो माध्यम नभएका कारण समस्या हुने गरेको वादी महिला बताउँछन् । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि एसईई परीक्षा सुरु, पाँच लाख बढी विद्यार्थी सहभागी [ फोटोफिचर ]
चैत १५, २०८० बिहिबार
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
चैत १३, २०८० मंगलबार
एकै ठाउँमा तीन वटा नगदेबाली
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार