काठमाडौं । वास्तविक जीवनमा पुरा हुन नसकेका हाम्रा कयौं ईच्छा आकांक्षाहरु हुन्छन । त्यस्ता ईच्छा आकांक्षहरु कहिलेकॉहि हामी सपनामा पुरा भएको पनि देख्ने गर्छौ । यसको साथै कहिलेकांही हामीलाई मनै नपर्ने तथा सोच्दै नसोचेका अजीब अजीबका कुराहरु पनि हामी सपनामा देख्छौ ।
आउनुस आज हामी सुत्ने समयमा त्यस्तै किसिमबाट देखिने केही सपनाहरुको अर्थ खोज्ने प्रयाश गरौ, तथापि खोजिएका अर्थहरु शत प्रतिशत सही हो भनेर मान्न भने सकिदैन ।
१. जस्ले आफुलाई सिंह, बाघ, घोडा अथवा गोरुमा सवार भएको देख्छ त्यो एकदमै शुभ लक्षण होस त्यो ब्यक्ति गांउ, नगर, प्रदेश वा देशकै प्रमुख पदहरु तथा सर्वोच्च पदसम्म पनि पुग्न सक्छ ।
२. जस्ले सेतो रंगको सर्प बिस्तार दाहिने हाततिर आएको वा दाहिने हातमा टोकेको देख्छ भने, उसलाई ठूलो धनराशि प्राप्त हुंदैछ भन्ने अनुमान गर्न सकिन्छ ।
३. यदि कसैले आफुलाई हात्तिमा सवार भएको वा नदी किनारमा खाना खाएको देख्छ भने उसलाई राजसी वैभव प्राप्त हुन्छ ।
४.यदि कसैले निर्जन स्थान, देउताको मन्दिर, चन्द्रमा, रुखमा आगो लागेको देख्छ भने, त्यो ब्यक्ति धेरै समयसम्म जिवित रहदैन भनिन्छ ।
५.जसले सपनामा कपाल, हड्डी, खरानी, खप्पर, त्रिशूल, चक्र वा फाँसी देख्छस उसले रोग, दुख तथा संपती नोक्सानीको स्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।
६.यदि कुनै रोगीले सपनामा औषधीको वोतल वा अरु कुनैपनि वोतल फुटेको देख्छ भने, उसको रोग चॉडैनै निको हुन्छ ।
७.सपनामा यदि कसैलाई दक्षिण दिशातर्फ उभिएको पितृले बोलांउछ भने, उसको अंतिम समय आयो भनेर बुझे हुन्छ ।
८.यदि कसैले सपनामा भंगेरा, नीलकंठ, परेवा, सारौं, सुगा, तित्रा देख्छ भने, उसको गृहस्थी जीवन एकदम हंसीखुसी साथ बित्छ भन्ने बुझिन्छ ।
९.सपनामा फलफुल देख्नु शुभ लक्षण मानिन्छ।