१२ जेष्ठ २०७९, बिहीबार
मेडिकल कलेज / अस्पताल

आजबाट चिकित्सक आन्दोलित सुरु, आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार

प्रकाशित मिति :  २२ चैत्र २०७५, शुक्रबार ११:१६


काठमाडौं । सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित गरेको भन्दै सरकारी चिकित्सकले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजन भएकोमा असहमति जनाउँदै सरकारी चिकित्सक संघ ‘गोदान’ले शुक्रबारदेखि सेवा ठप्प पार्ने निर्णय गरेको गोदानका महासचिव डा रविन खड्काले बताएका छन् ।

गोदानले बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको थियो। यसकासाथै माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चेतावनी समेत दिँदै आएका छन् ।

समायोजनका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरु नै चिकित्सकविहीन हुने अवस्था आएको भन्दै निर्णय सच्याउनु पर्ने गोदानको भनाइ छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा