ललितपुर । नियमित स्वास्थ्य परिक्षण गर्न अस्पताल पुगेका डिभिजनल वन कार्यालय ललितपुरका अधिकृत अचलकुमार ढुंगाना आकस्मिक निधन भएको छ ।
बिहीबार हिजो नियमित स्वास्थ्य जाँच गर्न ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका ढुंगानाको अचनाक निधन भएको उनका सहयोगी राजेश पुरीले बताएका छन् । ललितपरु जिल्ला वन प्रमुखसमेत रहेका उनको केही जटिल स्वास्थ्य समस्या थिएन ।
सधैझै नियामित चेक जाँच गर्न अस्पतालले शुक्रबार ९आज०को समय दिएको थियो । तर विहीबार सामान्य खोकी लागेर केही असहज महसुस भयो भन्दै अस्पताल लौजान आफ्नै कार्यालयका सवारी चालकसमेत रहेका पुरीलाई आग्रह गरेका थिए ।
त्यसपछि चालक पुरीले अस्पताल पुर्याएको केही छिनमै करिब ४ बजेतिर उनको निधन भएको अस्पतालले पुष्टी गर्यो । निधन भएका ढुंगाना नेपाल रेन्जर संघका पूर्व अध्यक्ष समेत रहेका थिए । उनी ६ महिनादेखि ललितपुर वन प्रमुख थिए ।