डोल्पा । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ३ मा हिमपहिरोमा परेका तीनजना बेपत्ता भएका छन् ।
गएको आइतबार क्रिस्टल माउण्टेनमा रहेको गुम्बा परिक्रमा गर्न जाँदा हिमपहिरो आएपछि हराएका ३७ वर्षका फूर्बा ठिम्ल्या गुरुङ, १७ वर्षकी पेमा कुन्साङ गुरुङ र १२ वर्षका फुङसोक गुरुङको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।
सदरमुकामबाट प्रभावित क्षेत्रमा जान ६ दिन लाग्ने र अहिले बाटोमा हिउँ जमेकाले जान समस्या भएको छ ।