२१ मंसिर २०७९, बुधबार

आगलागीमा परेर एकजनाको मृत्यु, दुईजना घाइते

प्रकाशित मिति :  २२ चैत्र २०७५, शुक्रबार १२:३६


काठमाडौं । लाजिम्पाटमा आगोमा निसासिएर एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । लाजिम्पाटको नील सरस्वति चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको ज्यान गएको हो ।

आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । बिहीबार राति १ बजेतिर घरमा आगो लागेको थियो ।

स्थानीयको प्रयासमा घरभित्रबाट चारजनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । भित्रि बाटो भएकोले आगो निभाउन बारुण यन्त्र लैजान कठिन भएको थियो । बारुण यन्त्र त्यहाँ पुग्दासम्म स्थानीयले आगो निभाइसकेका थिए ।


13
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा