हावाहुरीबाट प्रभावितलाई संस्कृतिद्वारा राहत वितरण
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार १८:३२:४३
वीरगंज । सृजनशील युवाहरुको संस्था संस्कृतिले चौथो दिनपनी हावाहुरीबाट प्रभावित पर्सा र बाराका गाउँहरुमा राहत वितरणको कार्य जारि राखेको छ ।
राहत वितरणको चौथो दिन संस्कृतिले पर्साको सौराहा, दकैला बहुहरी र बाराको चैनपुरमा राहत वितरण सहित स्वास्थ्य शिविर संचालन गरेको हो ।
संस्कृतिकी अध्यक्ष शैली चौधरीको नेतृत्वमा गएको टोलिले हावाहुरीबाट घर गुमाएका पिडित परिवारहरुलाई त्रिपाल, सुत्ने म्याट, लामुखुट्टे धपाउने झुल, सेनेटरी प्याड, बाल्टिन, मग, टुथपेस्ट, बर्सलगयातका सामाग्रीहरु सहयोग गरेको छ ।
संस्कृतिले राहत वितरण संगै स्वास्थ्य शिविर पनी संचालन गरेको छ । नेसनल मेडिकल कलेजका स्वयंसेवकहरुको सहयोगमा पर्सा र बाराको विभिन्न स्थानमा स्वाथ्य शिविर संचालन गरिएको हो ।
स्वास्थ्य शिविरबाट लगभग २ सय व्यक्तिलाई राहत पाएको शिविरका संयोजक महेन्द्र पाण्डेले बताए । आइतबार आएको हावाहुरी आए पश्चात विभिन्न संघ संस्था तथा व्यक्तिहरुको आर्थिक सहयोगबाट संस्कृतीले शोमबार देखिनै राहत वितरण गरिरहको अध्यक्ष चौधरीले बताईन ।
चौधरीले हाल सम्म एसोसिएसन अफ नेपालि तराईयन इन अस्ट्रेलिया ‘एनटा अस्ट्रेलिया’, ओक्टेभ क्लब काठमाडौँ, हेल्पिङ्ग ह्याण्ड्स नेपाल, विघ्नहर्ता नेपाललगयात संघ संस्था तथा व्यक्तिहरुको सहयोगबाट लगभग ४ लाख बराबरको राहत वितरण गरिएको जानकारी गराईन ।
उनले राहत वितरणको कार्य संग-संगै अब आफ्नो संस्थाले पुर्नानिर्मन तथा पुनर्स्थापनाको कार्य पनी गर्न बताईन । राहत वितरण कार्यक्रममा संस्कृतिकी सदस्य अल्का कलवार, विवेक बरनावाल, विघ्नहर्ता नेपालका गोमेश उप्रेती, नेसनल मेडिकल कलेजका रामजी रामलगयातले स्वयंसेवकका रुपमा सहयोग गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार