१९ मंसिर २०७८, आईतवार

गायक लोकेन्द्र जिसीको आवाजमा ‘कर्णाली पारी’ हेर्नुहोस भिडियो

प्रकाशित मिति :  २२ चैत्र २०७५, शुक्रबार १३:४९


काठमाडौं । नेपाली मौलिक लोकभाकाहरुको बजारमा आगमन भै रहेको अवस्थामा पश्चिमेली लोक भाका देउडा गीत गायक लोकेन्द्र जिसी र गायिका टिका पुनको आवाजमा”कणाली पारी ” गीतको भिडियो बजारमा आएको छ ।

जिवनका अभाव र कठिन परिस्थितीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनी मायालुको याद पिडामा पनी आउने कुरालाई गीतमा समावेश गरिएको छ । सुरेश राना सुमनको शब्द तथा मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । कणार्ली बारी पारीको जिवनको कथालाई गीतमा समावेश गरिएको सुरेश ले बताए । गीतमा एरेन्ज कमल सौरागले गरेका छन ।

मान बहादुर ओलीको छायाँकन , चानस पुन मगरको सम्पमदन तथा चन्द्र मन्दिर मगरको निर्देशन भिडियोमा रहेको छ । मौलिक गीत भएका कारण गीतको गायकी तथा भिडियो निमार्ण पक्ष निकै राम्रो रहेको छ । पवन कुमार योगी , प्रेरणा विक , मदन रेग्मी सुमित्रा चौधरीको नृत्य रहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा