काठमाडौं । आज बिहानदेखि नै काठमाडौं उपत्यकालगायत देशको मध्य भु–भागमा हावाहुरीसहित वर्षा र केही ठाउँमा असिना परिरहेको छ ।
विहानपख ५०/५५ किलोमिटर प्रतिघण्टाको गतीले हावाहुरी चलेको थियो । मेघगर्जन र चट्याङसहित दिनभरी पानी पर्ने हुनाले सबैलाई सतर्कता अपनाउन मौसमविदले भनेका छन् ।
बारा पार्स लगायत देशभरीको मौसम असामान्य रहने जल तथा मौसम विज्ञानकी मञ्जु वासीले बताएकी छिन् ।