इटहरी । १ नं. प्रदेशका १४ जिल्लामा २४ घण्टामा ५ सय ९८ वटा सवारी साधन कारवाहीमा परेका छन् ।
हिजो विहान ६ बजेदेखि आज विहान ६ बजेसम्म ती जिल्लाहरुमा ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ५९८ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन् ।
जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १८ जना,
मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ४ जना,
विना हेल्मेट मोटरसाईकल चलाउने ३ जना,
क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ७१ जना,
सवारी चालक अनुमति पत्र नभएका २२ जना,
सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन १५ जना,
जथाभावी पार्किङ्ग गर्ने २२ जना,
रोक्न निषेधमा सवारी साधन रोकेको १५ जना,
पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ४ जना,
सुरक्षा पेटी नबाधेको ५ जना,
कागज पत्र साथमा नराखेको १३२ जना,
ट्राफिक इशारा उल्लघन ५ जना,
सवारी साधनको बत्तीको अवस्था ठिक नभएको ३२ जना,
तिब्र गतिमा सवारी चलाएको ११ जना,
विना रुट परमिट संचालन गरेको ५ जना,
ढोका खुल्ला गरी सवारी साधन चलाएको १० जना,
हद भन्दा बढी मालसामान ढुवानी गरेको ३० जना,
लापरवाहीसाथ सवारी साधन चलाएको १५४ जना गरी जम्मा ५ ९८ जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।
यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको प्रहरीले जानकारी दिइको छ ।
मिति २०७५।१२।२३ गते यस कार्यालय तथा मातहत समेतको १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई २९ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी ५१४ जनालाई सचेतनामुलक प्रशिक्षण गर्नुका साथै ५२३ प्रति सचेतनामुलक पर्चा पम्प्लेट तथा २१० थान रिफ्लेक्टर स्टिकर वितरण गरिएको थियो ।
मिति २०७५।१२।२३ गते सवारी दुर्घटना न्युनिकरण गर्ने उदेस्यले सामान बोक्ने पिकप मा सवार यात्रु लाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण गरेको थियो ।
जिल्ला मोरङ कानेपोखरी गा पा–७ स्थित विभिन्न सवारी चालकहरु लाई भेला जम्मा गरि दुर्घटना न्यूनीकरण गर्न उदेश्यले ट्राफिक नियम सम्बन्धि प्रशिक्षण गरेको प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमल नेपाल बहसलाई जानकारी दिएका छन् ।