रामेछाप नगरपालिकाले बनायाे ३३ वटा कार्यविधि
इन्द्र रिजाल
चैत २४, २०७५ आइतबार १६:५१:३२
रामेछाप । रामेछाप नगरपालिकाले २२ महीनाको अवधिमा ३३ ऐन, नियम तथा कार्यविधि निर्माण गरेको छ । नगरको विकास र समृद्धिका लागि आवश्यक कार्यसम्पादन नियमावलीदेखि पूर्वाधार विकाससम्बन्धी कार्यविधिसमेत गरी ऐन, नियम तथा कार्यविधि निर्माण गरेको नगर प्रमुख नरबहादुर थापामगरले जानकारी दिए ।
पहिलोपटक नगरपालिकाको कार्यालय रामेछाप बजारमा शनिबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अहिलेसम्म भए÷गरेका कार्य प्रगति तथा सम्भावनाबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिइएको थियो ।
समृद्ध नगर निर्माणका लागि नगर रणनीतिक योजना तयार गरिएको र आगामी दिनमा तिनै योजनालाई प्राथमिकतामा राखेर काम गरिने जनाइएको छ । वडास्तरबाट छनोट भएर आएका योजना नगरको पहिलो प्राथमिकतामा रहने नगर प्रमुख थापामगरले बताए।
समृद्ध नगरका लागि प्रत्येक वडामा सडकको पहुँच पु¥याइएको, खानेपानीको समस्या समाधानका लागि सम्भावित ठाउँमा डिपबोरिङ गरिएको र नगरका केही ठाउँमा त्यो प्रविधि सफल भएको पनि जानकारी दिइएको छ । नगरपालिको शैक्षिक गुणस्तर वृद्धिको लागि नगरस्तरीय शैक्षिक सम्मेलन गरेको, न्यायिक समितिको काम प्रभावकारी बनाउन र नगरले निर्माण गरेको ऐनका बारेमा जानकारी दिन टोलटोलमा गरेको न्यायिक अभिमुखीकरण कार्यक्रमलगायतलाई २२ महीने अवधिको प्रगति भनेको छ ।
त्यस्तै नगरपालिकाको स्वास्थ्य क्षेत्रको सुधारका लागि नगरका सबै वडामा रहेका स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्रको उचित व्यवस्थापन, आवश्यक औषधिको सहज उपलब्धता, दक्ष चिकित्सकको व्यवस्थापनका लागि प्रयासरत रहेको, टोलमा स्वास्थ्य शिविर सञ्चालन गर्नेलगायतका महत्वकांक्षी योजना पनि सार्वजनिक गरिएको छ । रणनीतिक योजनामा समेटिएका विषयको कार्यान्वयनका लागि सबै पक्षसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने नगर प्रमुख थापामगरले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार