१९ मंसिर २०७८, आईतवार

ब्रेक फेल हुँदा डडेल्धुरामा बस दुर्घटना, ३१ यात्रु घाइते

प्रकाशित मिति :  २७ चैत्र २०७५, बुधबार ०८:४४


डडेल्धुरा ।अछामका लागि धनगढीबाट छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् ।

ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले दुर्घटनाको पुष्टि गर्दै घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालको भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । दुर्घटनाका अधिकांश घाइते अछामका रहेको बताइए पनि उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

बसमा ५० भन्दा बढी सवार रहेको बताइएको छ । बस ब्रेक फेल भएर मोडमै पल्टेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा