काठमाडौं । करिव एक सातादेखि बदली रहेको मौसममा बुधबार आजदेखि केही सुधार आउने सक्ने अनुमान गरिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सामान्य सुधार आउने तर केही स्थानहरुमा भने बुधबार पनि बदलीको सम्भावना यथावत रहेको सम्भावना रहेको छ । विभागका अनुसार देशको पूर्वी भूभागको मौसममा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ ।
पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना पनि रहेको तर ठूलो वर्षाको सम्भावना भने नरहेको विभागले जानकारी दिएको छ ।मौसम बदली रहे पनि हावाहुरीको सम्भावना भने आज नरहेको बताइएको छ ।