तिब्बती धर्मगुरु दलाई लामा अस्पताल भर्ना
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १६:२४:६
काठमाडौं । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एउटा अस्पताल भर्ना भएका छन्।८३ बर्षिय लामाको छातीमा सङ्क्रमण भएको हुँदा उनको स्थिति स्थिर रहेको बताइएको छ। अहिले उनी ८३ वर्षका भए।
उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो।
चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारत पुगेका थिए। उनले नोबेल शान्ति पुरस्कार पनि पाएका छन्। उनले प्रवचन दिएर विश्वभरि ख्याति पनि कमाएका छन्। ‘चिकित्सकहरूले उहाँको छातीमा सङ्क्रमण भएको पत्ता लगाएका छन् र त्यसकै उपचार हुँदैछ,’ ताक्लाले समाचारसंस्था रोएटर्सलाई बताए।
उनका अनुसार दलाई लामाको दुई-तीन दिन उपचार हुनेछ। चीनले सन् १९५० मा तिब्बतलाई आफ्नो नियन्त्रणमा लिएको थियो।उसले दलाई लामालाई पृथक्तावादी नेता मान्छ। तिब्बती बौद्धमतमा दलाई लामा पुनर्जन्म लिएका अवतार हुन्। दलाई लामाको उत्तराधिकारी को हुने भन्ने विषय अनिश्चित तथा विवादास्पद मानिन्छ।
चीनले आफूसँग दलाई लामाको उत्तराधिकारी छान्ने अधिकार भएको दाबी गर्ने गरेको छ। तर गत महिना मात्रै दलाई लामाले चीनद्वारा छानिने व्यक्ति तिब्बतीहरूलाई मान्य नहुने आफ्नो पुरानो अडान दोहोर्याएका थिए। हजारौँ तिब्बतीहरू भारतमा निर्वासनमा बस्दै आएका छन्। केही तिब्बती शरणार्थीहरू नेपालमा पनि छन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार