अनुदानका लागि कृषक छनोट

इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १८:३६:३२

गोरखा । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् ।
गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए ।
अनुदान छनोटमा परेकामध्ये नमूना कृषि फार्मतर्फ १३, फ्रेसहाउसतर्फ २२ र कषि यान्त्रिकीकरणतर्फ २७ रहेका उनले बताए । अनुदानका लागि छनोटमा परेका कृषकले निवेदनका क्रममा प्रस्ताव गरेका योजनाका आधारमा केन्द्रमार्फत मन्त्रालयले पठाएको ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने प्रमुख डा ठाकुरले जानकारी दिए ।
“केन्द्रले तीन चरणमा कृषकलाई अनुदान उपलब्ध गराउने गरी कार्यविधि निर्माण गरेको छ”, उनले भने, “पहिलो चरणमा ४० प्रतिशत र बाँकी दुई चरणमा ३०÷३० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।”
छनोटका क्रममा प्राविधिकहरु निवेदकको घरघरमा पुगेर पहिले सम्बन्धित क्षेत्रमा काम गरे÷नगरेको, गरेका भए कति गरेको, घाँसखेती भएको वा नभएको अथवा द्वन्द्वपीडित वा भूकम्पपीडित के हो भन्ने विषयलाई समेत प्राथामिकतामा राखेको उनको भनाइ छ । छनोटमा परेका कृषकसँग चैतभित्र सम्झौता गरी आउँदो असारसम्ममा कार्यक्रम सम्पन्न गर्ने उनले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपश्चिम चितवनमा धानमा सस्यमै समस्या
असोज १६, २०८० मंगलबार
डेल्टा रानी जातको धान फल्दै नफली सुक्न थाले, निजगढका किसानले लगाए आगो
असोज १६, २०८० मंगलबार
बीउ र तरकारी बेचेर १४ लाख बढीको आम्दानी
असोज १५, २०८० सोमबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार