सामाजिक उत्तरदायित्व वहन गर्दै कुमारी बैंकले १८ औं वार्षिकोत्सव मनायो
इन्द्र रिजाल
चैत २७, २०७५ बिहिबार १:२४:०
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको छ ।
बैंक कर्मचारी युनियनको नेतृत्वमा पुतलीसडक शाखामा आयोजना गरिएको रक्तदान कार्यक्रम सँगसँगै बैंकका नारायणगढ तथा ओखलढुंगा शाखामा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यसै सन्दर्भमा बैंकको पाल्पा शाखाले पनि तानसेन नगरपालिका–७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयका निम्न वर्गका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा रिडी शाखाले मानव कल्याण वृद्ध आश्रमका जेष्ठ नागरिकलाई कम्बल तथा खाद्य सामग्री वितरण कार्यक्रम सम्पन्न गर्दै वार्षिकोत्सवमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गरेको छ ।
साथै, कोटेश्वर शाखाले स्थानीय महादेवस्थान मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी, बैंकको बिर्तामोड शाखाले सोही अवसर पारी साहारा नमस्ते बाल आश्रमका बालबालिकालाई जिन्सी सामग्री हस्तान्तरण गरेको छ ।
हालसम्म आफ्ना देशव्यापी ८८ शाखा सञ्जाल, ८३ एटीएम तथा २ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैकिङ्ग सुविधाहरू प्रदान गर्दै आइरहेकोे बैंकले उक्त कार्यक्रमलाई सफल तुल्याउन संलग्न सम्पूर्णप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा सेवामूलक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
आईएमएफको मिसन टोली र सीबीफीनबीच भेटघाट
असोज १५, २०८० सोमबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार