काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
उनलाई साधारण तारेखमा छाड्नुपर्ने मागसहितको रिट ओलीको छोरी विपनाले सर्वोच्चमा दायर गरेकी थिइन् । सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले अस्वीकृत हुने फैसला गरेको हो ।
विपना ओलीले २३ चैत मा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । ललितपुर जिल्ला अदालतले उनलाई थप अनुसन्धानका लागि दुई पटक म्याद थपका लागि समय दिइसकेको छ । ओली पुर्पक्षका लागि थुनामै रहनेछन् ।
ओलीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको थियो । एनसेलको टावर विस्फोटनमा संलग्न भएको भन्दै प्रहरीले ओलीमाथि अनुसन्धान गरिरहेको छ ।