२२ मंसिर २०७८, बुधबार

आत्मघाती गोलमा बार्सिलोना विजयी

प्रकाशित मिति :  २८ चैत्र २०७५, बिहीबार ०८:३१


एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । युनाईटेडको घरेलु मैदानमा बार्सिलोनाले आत्मघाती गोलबाट जित निकालेको हो । युनाईटेडका लागि लुक शले आत्मघाती गोल गरेका थिए ।

खेलको १२ औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजको हेड डिफेन्डर शलाई लाग्दै गोलमा परिणत भएको थियो । तर, उक्त गोलका लागि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० को सहायता लिएको थियो ।

लाइन्स म्यान रेफ्रीले अफसाइड फ्लाग उठाएपछि मुख्य रेफ्रीले भीएआरको सहायता लिएका थिए ।यो जितसंगै बार्सिलोनाले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब बार्सिलोनाले घरेलु मैदानमा युनाईटेडसंग दोस्रो लेग खेल्नेछ । युनाईटेडलाई भने सेमिफाइनलमा पुग्न दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्नु पर्ने भएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा