८ माघ २०७८, शनिबार
विज्ञान / प्रविधि

इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक

प्रकाशित मिति :  २८ चैत्र २०७५, बिहीबार ०९:०४


एजेन्सी । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ ।

ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ ।

ब्ल्याक होलको तस्बिर विश्वका आठवटा टेलिस्कोपको नेटवर्कबाट खिँचिएको थियो । सोबारे एस्ट्रो फिजिक्स जर्नलमा विस्तृत समाचार छापिएको छ ।

नेदरल्यान्ड्सको रोडबाउन्ड विश्वविद्यालयका प्राध्यापक हेइनो फेल्किलेसो अनुसन्धानको प्रस्ताव गरेका थिए ।उनले भने,‘‘हामीले जे देख्यौँ त्यो हाम्रो पूरै सौर्यमण्डलभन्दा ठूलो छ ।’’

के हो ब्ल्याक होल ?
ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वार्कषण क्षेत्र हो जहाँ अत्याधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ ।

ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ र त्यसलाई ‘इभेन्ट होराइजन’ भनिन्छ ।यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’को संज्ञा दिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा