पाल्पा । गुल्मीको मुसीकोट नगरपालिका-१, पौदीअमराईमा बिहीबार बिहान भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ यात्रु घाइते भएका छन् ।
मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटनामा धुर्कोट गाउँपालिका-५ का पूर्वसासंद रुद्रमणि भण्डारी र मालिका गाउँपालिका-१ का रोशर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट सय मिटर तल खसेको छ ।