काठमाडौं । अस्ट्रेलिया कम्युनिस्ट पार्टी ‘मार्क्सवादी—लेनिनवादी’ ले नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ माथि केपी ओली सरकारले लगाएको प्रतिवन्ध हटाउनका लागि अनुरोध गर्दै पत्र पठाएको छ ।
अस्ट्रेलिया कम्युनिस्ट पार्टी ‘माक्र्सवादी—लेनिनवादी’ का अध्यक्ष निक जीले ओलीको नाममा लेखेको पत्रमा भनिएको छ, ‘हामी आदरपूर्वक अनुरोध गर्दछौं, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापमाथि लगाएको प्रतिवन्धलाई हटाइयोस् ।