५ जेष्ठ २०७९, बिहीबार

पूर्वराजा चढेको गाडी दुर्घटना हुँदा एकको मृत्यु !

प्रकाशित मिति :  २८ चैत्र २०७५, बिहीबार १२:११


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।

ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर बिहीबार बिहान फर्किएको बा ३ च ७९६२ नम्बरको कारले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी महेन्द्र श्रेष्ठका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् ।

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने गाडी पूर्वराजा ज्ञानेन्द्रले पूर्वमा बस्दा प्रयोग गर्ने गरेको प्रहरी बताउँछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा