२२ मंसिर २०७८, बुधबार

भैँसीपालन लोप हुँदै

प्रकाशित मिति :  २८ चैत्र २०७५, बिहीबार १५:२३


जुम्ला । जुम्लामा भैँसीपालन लोप हुँदै गएको छ । कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि स्थानीयले भैँसी पाल्न छोडेका हुन् । पहिले एउटै घरमा पाँचदेखि छ भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी देखिने गरेको गुठिचौर गाउँपालिका–५ का हरिचन्द्र धितालले बताए । गाउँका स्थानीयले भैँसी पाल्न क्रमिकरुपमा छाड्न थालेपछि यहाँ दुग्धजन्य पदार्थमा पनि कमी आउन थालेको छ ।

गाउँबाट दूध आउन बन्द हुँदा बजारमा रहेका होटेल, चिया पसलले दूधका लागि जिल्ला बाहिरबाट प्याकिङ गरेको दूध मगाउन बाध्य भएका आचार्य डेरी उद्योगका प्रोपाइटर खडानन्द आचार्यले बताए । भैँसीबाट सोचेअनुरुप उत्पादन लिन नसकिने र उत्पादन लिन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या घट्दै गएको चन्दननाथ नगरपालिका–४ मालाभिडका भैँसीपालक किसान कृष्णप्रसाद देवकोटाले बताए । (जुम्लाबाट विजय रावतकाे सहयाेगमा)


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा