नापतौलका यन्त्र छ ? दर्ता गरिहाल्नुस् नत्र कार्वाहीमा परिएला

इन्द्र रिजाल
चैत २८, २०७५ शुक्रबार ०:३९:३६

डोटी । जिल्लामा व्यापार व्यवसायका लागि प्रयोगमा आउने नापतौल यन्त्र र ढक समयमा नै दर्ता तथा जाँच नगराए कानूनी कार्वाही गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय निमित्त प्रमुख गुरुप्रसाद पोखरेलले जिल्लामा व्यापारीले प्रयोग गर्ने नापतौल यन्त्र समयमा नै दर्ता तथा जाँच नगराएको पाइए कानुनी कारवाही हुने चेतावनी व्यापारी, व्यवसायी तथा सरोकार पक्षलाई दिए ।
व्यापारीले ढक, तराजु, मिटर, लिटरलगायत नापतौल सामग्री नापतौल कार्यालयबाट अनुमति पाएको आधिकारिक अधिकृत बिक्रेताबाट खरीद गरी सञ्चालनमा ल्याउनुपर्ने कानूनी प्रावधान छ । व्यापारीले प्रयोगमा ल्याएका नापतौलका सामग्रीका लागि अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको पोखरेलले जानकारी दिए । नापतौलमा प्रयोग हुने ढक तथा यन्त्र हरेक वर्ष जाँच गराउनुपर्ने र केही यन्त्र दुई वर्षमा एक पटक नापजाँच गरिनुपर्ने प्रावधान रहेको गुणस्तर तथा नाप तौल कार्यालय सिलगढीले जनाएको छ ।
जीर्ण टहरामा पढाइ
जिल्लाको बडीकेदार गाउँपालिका वडा नं २ बरउस्थित शिशुदर्पण आधारभूत विद्यालयमा भवन अभावले पठनपाठनमा समस्या भएको छ । भवन अभावमा कतिपय विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएको गाउँपालिका ५ स्यालीका बासिन्दा तथा शिक्षक धनबहादुर कलेलले बताए । उनले भने, “विद्यालयमा पर्याप्त मात्रामा कक्षा कोठा नै छैनन्, भएका जति पनि जीर्ण छन्, कतिबेला के घटना हुन्छ थाहै छैन ।” जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त विद्यालयमा पानी परेका समयमा विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बेचन चौधरीले बताए ।
केही दिन पहिले आएको हावाहुरीले विद्यालयको छानासमेत उडाएर लगेपछि झन् समस्या भएको प्रधानाध्यापक चौधरीले बताए । उनले भने, “विद्यालयमा भएका छाना त चुहिने थिए, त्यसमा पनि अस्तिको हावाहुरीले छाना नै उडाएर लगेपछि झनै बिजोग भएको छ ।”
विसं २०४६ मा स्थापित उक्त विद्यालयमा स्थापनाकालमै दुईकोठे टहरो तयार गरिएको भए पनि अहिले त्यो पूर्ण रुपमा जीर्ण भएपछि पठनपाठनमा बाधा भइरहेको गाउँपालिका वडा नं १ का दानबहादुर कलेलले बताए । उनले भने, “वर्षौँ पहिले विद्यालय निर्माण भएको हो, सबै छाना जीर्ण भएका छन्m कुन दिन भत्किन्छ र विद्यार्थी च्यापिएको खबर सुनिन्छ ।”
हिजोआज बेलाबखत सामान्य पानी परिरहेकाले वार्षिक परीक्षा सञ्चालनका बेलामा समेत समस्या भएको शिक्षक बताउँछन् । कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा कूल ६४ विद्यार्थी छन् । आफ्नो विद्यालयको समस्या कसैले पनि नबुझिदिएको र भवन दिनसमेत कसैले पहल नगरेको भन्दै स्थानीयवासी आक्रोशित छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक्सप्लोर अर्थ मुभर्सको कार्यालय स्थानान्तरण
असोज १४, २०८० आइतबार
असोज २१ गतेदेखि चाडबाड लक्षित ४२ जिल्लाका ४८ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने
असोज ९, २०८० मंगलबार
सिरहामा कार्यरत सशस्त्रका एसपी र डीएसपी छानविनमा तानिए
असोज १६, २०८० मंगलबार
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
असोज १६, २०८० मंगलबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार