बर्दिया । बारबर्दिया नगरपालिकाको सदाशिव बहुमुखी क्याम्पसको रकम हिनामिना गरेर फरार रहेका पूर्व लेखापाल जग्गुलाल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
क्याम्पसको १ लाख ४७ हजार ९ सय ८८ रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई जिल्ला अदालत बर्दियाले असुल गरी क्याम्पसलाई बुझाउन फैसला गरेको थियो ।
२०७४ साल चैत ७ गते चौधरीलाई उक्त रकम असुल गरी क्याम्पसलाई बुझाउन अदालतले फैसला गरेको थियो । अदालतको फैसला पछिचौधरीफरारथिए। उनलाई नेपालगन्जस्थित धम्बोजीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।