२२ मंसिर २०७९, बिहीबार

६४ किलो गाँजासहित भारतीय नागरिक प्रक्राउ !

प्रकाशित मिति :  २८ चैत्र २०७५, बिहीबार २०:०३


मकवानपुर । मकवानपुरको रातोमाटेबाट ६४ किलो गाँजासहित प्रहरीले भारतीय नागरिकलाई प्रक्राउ गरेको छ । मंगलबार साँझ चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले भारत विहारका २८ बर्षिय समिर अहमद पक्राउ प्रक्राउ गरेको हो ।

हेटौडाबाट पथलैया तर्फ जाँदैगरेको भारतिय द्यच् ण्द्धद्यण्ण्द्धज्ञ नं। को सुमो रोकी चेकजाँच गर्ने क्रममा गाडीमा चालक भारत बिहार मोबासिरुलहसन सब्जिबाग पटना बस्ने बर्ष २८ को समिर अहमद रहेको प्रहरी बताएको छ ।

सुमो गाडीको छत मुनिको भागमा चारपाटे फलामको पातामा नटले कसी फल्स बटम बनाई सो भित्र रातो पलास्टिकमा राखी डोरीले बाँधी टेप बेरीएको अवस्थामा ३० वटा चारपाटे पोकामा जम्मा ६४ किलो लागु औषध गाँजा फेला परेको हो ।

पक्राउ परेका व्यतिmलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना र सवारी साधन समेत जफत हुने व्यवस्था भएको र सोही अनुसार अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा