२२ मंसिर २०७८, बुधबार

पार्टीलाई लाठी बर्साउने सरकारविरुद्ध अझ कडारुपले उत्रने चेतावनी

प्रकाशित मिति :  २८ चैत्र २०७५, बिहीबार २०:४५


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकार दमनमा उत्रेको भन्दै सरकारको आलोचन गरेका छन् ।

राप्रपाले देशव्यापीरुपमा स्थानीय तहका कार्यालय अगाडि गरेको धर्नाको कार्यक्रम अन्र्तगत बिहिबार काठमाडौं महानगरपालिकामा धर्ना दिदै अध्यक्ष थापाले सरकारी दमनबाट कुनैपनि समस्याको समाधान नहुने समेत बताए ।

अध्यक्ष थापाले राष्ट्रिय अखन्डताका लागि संघर्ष गरेको आफ्नो पार्टीलाई लाठी बर्साउने सरकारविरुद्ध अझ कडारुपले प्रस्तुत हुने चेतावनी दिए । उनले आफुहरुको मागका बारेमा जनमत संग्रह गर्नुपर्ने भन्दै आफुहरु मागबाट पछि नहट्ने स्पष्ट पारे ।

हिन्दुराष्ट्रलगायतका २२ बुँदे मागसहित संघर्षमा उत्रिएको राप्रपाले विभिन्न सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा