२२ मंसिर २०७८, बुधबार

 राष्ट्रिय जनता पार्टीको महाधिवेशन सर्ने

प्रकाशित मिति :  २९ चैत्र २०७५, शुक्रबार ०६:२५


काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपालको महाधिवेशन पूर्वनिर्धारित समयमा नहुने भएको छ । नयाँ वर्ष २०७६ को वैशाख ७, ८ र ९ गतेका लागि तय गरेको मितिमा महाधिवेशन नहुने भएको हो ।

राजपा नेपालको अध्यक्षमण्डलको बैठकले जिल्ला समितिलाई पठाएको सर्कलर अनुसार तोकिएको मितिमा महाधिवेशन नहुने निश्चित देखिएको छ तर पार्टीले हालसम्म महाधिवेशनको अर्को मिति तय गरेको छैन ।

पार्टीले बिहीबार जिल्ला समितिलाई पठाएको सर्कुलरमा वैशाख ७ गतेसम्मका लागि विभिन्न कार्यक्रम गर्ने तालिका पठाएको छ । वैशाख ४ गते विस्तारित बैठक, ५ गते वृहत् अन्तरक्रिया र ७ गते पार्टीको स्थापना दिवस मनाउने कार्यतालिकामा उल्लेख छ ।

कार्यतालिका अनुसार महाधिवेशनका कार्यक्रम भने छैन । अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले महाधिवेशनको मिति सार्ने वा तोकिएको समयमा गर्ने त्यसका बारेमा पार्टीमा छलफल भइरहेको बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा