मिथिलामा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठपर्व सम्पन्न
इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार १५:४७:११
बर्दिवास । महोत्तरीसहितका मिथिलामा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठपर्व आज सम्पन्न गरिएको छ । शुक्रबार चैत शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यसपालिको वासन्ती ‘चैती’ छठ सम्पन्न गरिएको हो ।
शारदीय छठकै विधिमा मनाइने वासन्ती छठका व्रतालुले आज पवित्र जलाशयमा बनाइएको घाटमा उदाउँदो सूर्यलाइ अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् ।
चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मुख्य चार दिनको विधि हुने यो पर्वमा चौथीका दिन नहायखाय, पञ्चमीका दिन खरना, षष्ठीका दिन निराहार व्रत बसेर सझुकाअरख र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर भोरकाअरख विधि गरेर यो पर्व सम्पन्न गरिन्छ ।
छठपर्व कात्तिक शुक्लपक्ष र चैत शुक्लपक्षमा गरी दुई पटक मनाइन्छ । कात्तिक शुक्लपक्षमा मनाइने छठलाई शारदीय ‘कैतकी’ र चैतमा मनाइने यो पर्वलाइ वासन्ती ‘चैती’ भनिने चलन छ ।
मिथिलामा शारदीय छठ जतिको उल्लास र सहभागिता वासन्ती छठमा नदेखिए पनि पछिल्ला एक दशकयता चैतमा पनि छठ मनाउनेको सङ्ख्या बढ्दै गएको छ ।
रोगव्याधी नलाग्ने, सन्तान सुख प्राप्त हुने र कल्याणदायक हुने विश्वासमा सूर्यको उपासना गरिने यो पर्व मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग नै मानिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार