एजेन्सी । पाकिस्तानको क्वेटामा बम बिस्फोटन भएको छ । बिस्फोटनबाट १६ जनााको मृत्युभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको थियो । पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो ।
धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ । पुलिसका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्छन् ।