१२ मंसिर २०७८, आईतवार

विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति

प्रकाशित मिति :  २९ चैत्र २०७५, शुक्रबार १३:३५


क्वामिस्ली । सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् ।

बिहीबार घोषणा गरिएको सहमति अनुसार स्वदेश फर्काइने अधिकांश व्यक्तिमा महिला र बालबालिका छन् । इस्लामिक स्टेट विरुद्ध कुर्दिस फौजको अग्रसरतामा महिनौं चलेको युद्धका क्रममा विस्थापित दशौं हजार व्यक्ति यी शिविरमा आश्रय लिइरहेका छन् ।

उनीहरुको स्वास्थ्यलगायतको अवस्था निकै कमजोर रहेकाले जतिसक्दो चाँडो स्वदेश फर्काउनु परेको हो । सहमति गरी आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउने प्रयोजनका इराकी मन्त्रिपरिषदका केही सदस्य बिहीबार सिरिया पुगेका थिए ।

एकजना कुर्द अधिकारी महमुद केरोले भन्नुभयो– अहिलेसम्म फिर्ता हुन चाहनेमध्ये चार हजारले हस्ताक्षर गरिसकेका छन् र उनीहरु इराकी सीमा खुला हुने प्रतीक्षामा छन् ।

केरोका अनुसार अधिकांश विस्थापित व्यक्तिहरु खासगरी सिरियामा जन्मिएका बालबालिकासँग इराकी परिचय पत्र छैन । यस प्रयोजनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न इराक सरकारलाई आफूहरुले आग्रह गरेको ती कुर्दिस अधिकारीले जानकारी दिएका छन् ।

केही वर्षअघिदेखि नै आत्मसमर्पण गरेर सिरियाली भूभागमा रहेका र कुर्दिस् जेलमा परेका इस्लामिक स्टेट्सका लडाकूलाई भने यो स्वदेश फिर्ती कार्यक्रममा नपठाइने पनि ती अधिकारीले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा