बिनाटेण्डर फ्रिक्वेन्सी दिने सञ्चार मन्त्रालयको तयारी बारे इन्टरनेट सेवा प्रदायकको आपत्ति

इन्द्र रिजाल
चैत २९, २०७५ शुक्रबार २३:३७:२५

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले बिगतमा ५ सय मेगाहर्जमा टेलिभिजन प्रयोजनका लागि मात्र प्रयोग हुर्दै आएको फ्रिक्वेन्सीलाई बिना प्रतिस्पर्धा (टेण्डर) केही कम्पनीलाई इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष भोजराज भट्टले आफ्ना मागका बारेमा जानकारी गराए ।
प्राधिकरणका कावा अध्यक्ष खनालले सो बारेमा आधिकारिकता बुझेर छलफल गरिने बताए । आइस्पानका अध्यक्ष भट्टले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न दिनु दूरसञ्चार सेवाको अनुमतिपत्र तथा फ्रिक्वेन्सी वितरणको मान्यता र अभ्यास विपरित रहेको बताउँदै उक्त कार्य भइरहेको भए अविलम्ब रोक्न माग गरे ।
यसअघि टेलिभिजन सञ्चालनका लागि छुट्याइएको फ्रिक्वेन्सी टेलिभिजन प्रसारण सेवा एनालगबाट डिजिटल प्रविधिमा गइसकेपछि रिजर्व रहेको फ्रिक्वेन्सी दूरसञ्चार कानूनअनुसार प्राधिकरणमार्फत ल्याई हाल अपनाइ आएको विधिबमोजिम नै फ्रिक्वेन्सी वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक्सप्लोर अर्थ मुभर्सको कार्यालय स्थानान्तरण
असोज १४, २०८० आइतबार
असोज २१ गतेदेखि चाडबाड लक्षित ४२ जिल्लाका ४८ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने
असोज ९, २०८० मंगलबार
सिरहामा कार्यरत सशस्त्रका एसपी र डीएसपी छानविनमा तानिए
असोज १६, २०८० मंगलबार
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
असोज १६, २०८० मंगलबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार