काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जना नियुक्त गरेको छ।
उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधान, २०१७ ‘संशोधन सहित’ को धारा ३६ ‘१’ ‘ग’ बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा ३८ जनालाई शुक्रबार नियुक्त गरेको कांग्रेसले जनाएको छ।