१७ मंसिर २०७९, शनिबार
खोज / विशेष

आईपीएल : आज दुई खेल हुँदै, बैंगलोर पहिलो जित कै खोजीमा !

प्रकाशित मिति :  ३० चैत्र २०७५, शनिबार ०९:२५


एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा आज ‘शनिबार’ दुई खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुनेछ।

मुम्बईस्थित वान्खाड़े क्रिकेट स्टेडियममा हुने घरेलु टोली र राजस्थानबीचको खेल अपरान्ह ४: १५ मा सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

घरेलु मैदानमा मुम्बई पाँचौ खोजीमा हुनेछ । अघिल्ला ६ खेलमा ४ जित निकालेको मुम्बई ८ अंक जोडेर तेस्रो स्थानमा छ । राजस्थान भने दोस्रो जितको खोजीमा हुनेछ । राजस्थान ६ खेलमा १ जितसहित पुछारबाट दोस्रो स्थानमा छ।

यस्तै शनिबार हुने दोस्रो खेलमा घरेलु टोली पन्जाब र बैंगलोरले प्रतिस्पर्धा गर्नेछ । पन्जाब र बैंगलोरबीचको खेल राति ८:१५ मा सुरु हुनेछ ।

पन्जाबको घरेलु मैदानमा बैंगलोर पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । बैंगलोर यस सिजन जितविहीन रहेको छ । ६ खेल खेलको बैंगलोर ६ खेलमै पराजित भएको छ। यता, पन्जाब भने चौंथो जितको खोजीमा रहने छ । ७ खेल खेलको पन्जाब ८ अंक जोडेर पाँचौं स्थानमा छ ।


26
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

मनाङमा शून्य लैङ्गिक हिंसा
नेपालबहस संवाददाता