५ जेष्ठ २०७९, बिहीबार

नयाँ वर्षको उपलक्ष्यमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रकाशित मिति :  १ बैशाख २०७६, आईतवार ०६:५०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आज नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले २०७५ सालभित्र सरकारले हासिल गरेका उपलब्धि तथा ०७६ सालमा सरकारका नीति तथा योजनालगायत विषयमाथि सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले आज अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारबाट टेलिभिजनमार्फत सम्बोधन गर्ने अर्यालले बताए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा