२ जेष्ठ २०७९, सोमबार

‘भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने’ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  १ बैशाख २०७६, आईतवार ०९:५८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुन नसक्ने बताएका छन्। नयाँ वर्षको अवसरमा आइतबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारका विषयमा आफू मुखमा पानी हालेर नबोल्ने बताएका छन्।

भ्रष्टाचारका विषयमा हुने कारबाहीलाई यो वा त्यो नाममा मुख नहेर्ने पनि प्रधानमन्त्रीको भनाई छ। ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्ने, भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने मेरो दृढ सार्वजनिक घोषणा हो।

भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन। परम्परा हैन। हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौँ।

सम्वोधनकोे पूर्णपाठ हेर्नुस :


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा