२१ मंसिर २०७९, बुधबार

लमजुङमा जिपको ब्रेक फेल हुँदा १३ जना घाइते

प्रकाशित मिति :  १ बैशाख २०७६, आईतवार १८:३०


लमजुङ । जिल्लाको दुर्गम दूधपोखरी गाउँपालिका ३ फुलिङगिरीमा जिप दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन् ।

दूधपोखरी गाउँपालिका १ दूधपोखरीबाट बेंसीसहर आउँदै गरेको ग १ ज ६८९० नम्बरको जिप लाङदीखोला नजिकै मध्याह्न १२ बजे जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा चालक दूधपोखरी गाउँपालिका ४ का खिमलाल गुरुङ, यात्रु गोरखा अजिरकोट गाउँपालिका २ का मोतिलाल गुरुङ, दूधपोखरी गाउँपालिका १ का गौमाया गुरुङ, वडा नं. २ सुजाता गुरुङ गम्भीर घाइते वडा नम्बर ३ का सदस्य आइतराम तामाङले बताए । उनका अनुसार घाइते अधिकांश टाउकोमा चोट लागेको छ ।

प्रहरीका अनुसार जिपको ब्रेक फेल भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । गौडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमानाथ शर्माका अनुसार दुर्घटनामा अन्य ९ जना पनि घाइते भएका छन् ।

घाइतेलाई एम्बुलेन्समार्फत अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । बाटो हिलाम्मे भएकाले उद्दारमा समस्या भएको डीएसपी यादव ढकालले बताए ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा