१९ मंसिर २०७८, आईतवार

देशैभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदै

प्रकाशित मिति :  २ बैशाख २०७६, सोमबार ०९:१४


काठमाडौं । देशैभर सोमबारदेखि विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान सुरु गर्न लागेको हो ।

अभियान अन्तर्गत सोमबारदेखि ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने केन्द्रका प्रवक्ता दीपक शर्माले जानकारी दिए।

गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा यो बर्ष बढेर ९१ हजार बालबालिका विद्यालय बाहिर पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

पाँचदेखि नौ बर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा