fbpx

सुडानमा प्रदर्शन : पूर्ववर्ति सरकारका सदस्यहरु पक्राउ



नेपालबहस संवाददाता
 




एजेन्सी । सुडानको अन्तरिम सैन्य परिषद्ले पूर्ववर्ति सरकारका सदस्यहरुलाई पक्राउ गरेको छ ।सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले यसअघिको सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो ।

सेनाले विपक्षीहरुको सहमतिबाट मात्रै नयाँ प्रधानमन्त्री चयन गर्ने समेत स्पष्ट पारेको छ । लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल–बसिरलाई पक्राउ गरेर सेनाले गत बिहीबारदेखि मुलुकमा सैन्य शासन लागू गरेको थियो ।

बसिरविरुद्ध प्रदर्शन चर्कोपछि सेनाले सो कदम चालेको थियो । तर प्रदर्शनकारीहरुले सेनाको कदमप्रति पनि असन्तुष्टि जनाउँदै सुडानमा अहिले पनि प्रदर्शनहरु गरिरहेका छन् । उनीहरुले तत्काल नागरिक सरकार गठनको माग गरेका छन् ।

यसैबीच सेनाका प्रवक्ता मेजर जनरल शाम्स अद–दिन सान्तोले पत्रकार सम्मेलन गरी नागरिक सत्ता स्थापनाका लागि सेना तयार रहेको बताए ।


सम्बन्धित समाचार