१३ माघ २०७८, बिहीबार
समाज

ठिमीमा सिन्दुरे जात्रासंगै बोडेको जिब्रो छेड्ने जात्रापनि आजै

प्रकाशित मिति :  २ बैशाख २०७६, सोमबार ११:२८


hfqf eQmk’/sf] dWok’/ lyldsf afl;Gbf la:s]6 hfqfsf] cj;/df ;f]daf/ laxfg}b]lv l;Gb’/ v]n]/ ;’yM l;of hfqf dgfpb} . tl:a/ M /d]z lu/L, /f;;, eQmk’/,

भक्तपुर । भक्तपुरको ठिमीमा आज सिन्दुरे जात्रा मनाइँदै छ । ठिमीका स्थानीय वासिन्दाहरुले नयाँ बर्षको भोलिपल्ट ३२ खट सहितको सिन्दुरे जात्रा मनाउने गर्दछन् ।

स्थानीय भाषामा सुथः सिया भनिने जात्रा एक आपसमा सिन्दुर दल्दै र छ्यापाछ्याप गरी मनाउने गरिन्छ । ठिमीका विभिन्न मन्दिरका खट बोकेर टोलटोलमा सिन्दूर खेल्दै यो जात्रा मनाइन्छ ।

सिन्दुरे जात्रा समापनसँगै दिउँसो मध्यपुर ठिमीको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देउताको रूपमा मान्ने गरिन्छ ।

रोग ब्याधी नलागोस, बालीनाली सप्रियोस, खडेरी नपरोस र सबै जनताले सुख पाउन भन्ने प्राथना गर्दै सहकालका देउताको प्रार्थना गर्ने परम्परा रहेको छ ।

जात्राको प्रमुख आकर्षण जिव्रो छेडाउने व्यक्ति हुने गर्दछन् । यो बषपनि बोडेका ४५ बर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले जिभ्रो छेडने भएका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा