१६ मंसिर २०७८, बिहीबार

रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

प्रकाशित मिति :  २ बैशाख २०७६, सोमबार १४:५८


रसुवा । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको आज यहाँ स्थलगत निरीक्षण गरेका छन्।

रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगतिबारेमा उपराष्ट्रपति पुनले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गरे ।

उनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गरे । गोसाइँकुण्ड गाउँपालिका–१ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाटको सो आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गएका थिए ।

उपराष्ट्रपतिका साथ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का जिल्ला अध्यक्ष कर्णेल तामाङलगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए ।

यस्तै उपराष्ट्रपतिले आजै गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी र निर्माणाधीन एकीकृत भन्सार कार्यालयको पनि स्थलगत निरीक्षण गरे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता